भारतीयको अवरोधका कारण ठुटेखोला पुल सञ्चालनमा आउन सकेन

97
SwadeshPost

भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल सञ्चालनमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो । ठोरी गाउँपालिका-२ र ३ वडा जोड्ने १०२ मिटर लामो ठुटेखोलामा पुल बनेको एक वर्ष भइसक्दा पनि स्थानीयवासी खोलाकै बाटो प्रयोग गर्न बाध्य छन् ।

ठुटेखोला पुलबाट भारततर्फको करीब ३० मिटरमा नेपाल–भारत सीमा पिल्लर रहेको छ । तर, भारतीय पक्षले भने पुलभन्दा भित्र आएर बाँध बनाई वर्षौदेखि पानीको प्रयोग गर्दै आएका छन् । त्यहाँको पानीले भारतको भिखनाठोरी, डुम्मरवाना, जमुनिया, भवानीपुरसम्मको क्षेत्रमा सिँचाइ पुगेको छ । पुल सञ्चालनका लागि नेपाल र भारत दुबैका लागि मध्यमार्गी बाटो खोजी भइरहेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।

SwadeshPost