माडीका सहकारी र संघसंस्थाहरुलाइ साधारणसभाकाे चटारो

301
SwadeshPost

पौष महिना लागेसंगै माडीका सहकारी र संघसंस्थाहरु साधारणसभा सम्पन्न गर्ने चटारोमा देखिएका छन् । सहकारी तथा संघसंस्थाहरुले पौष महिनाभित्रै लेखापरीक्षण पुरा गरी साधारणसभा पुरा गर्नुपर्ने प्रावधान रहेको हुन्छ । नेपालमा हरेक बर्ष साउन १ बाट सुरु हुने आर्थिक बर्ष असार मसान्तसंगै सकिने हुन्छ भने त्यसको ६ महिनाभित्र साधारणसभा पुरा गर्नैपर्ने अन्यथा जरिवाना लाग्ने कानुनी व्यवस्था छ ।

माडीका केहि संस्था र सहकारीहरुले साधारणसभा पुरा गरिसकेका छन् भने बुधबार बरुवास्थित कर्मशील महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा आयोजना गरिएको छ । त्यसैगरी पौष २० गते मितेरी कृषि सहकारी संस्था लिमिटेडले सातौं बार्षिक साधारणसभा आयोजना गरेको छ भने पौष २८ गते महेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं बार्षिक साधारणसभा आयोजना गरेको छ ।

पौष २१ गते माडी अम्रौलीको बाल्मीकि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अम्रौलीको १४ औं साधारणसभा आयोजित छ भने सितलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रोकिएको साधारणसभा पनि पौष २८ गतेका लागि निर्धारण गरिएको छ । अन्य सहकारी र संघसंस्थाहरुले समेत पौष महिनाभित्रै साधारणसभा गर्नका लागि लेखापरीक्षण तथा कार्यक्रमको तयारी गरिरहेको जनाएका छन् ।

SwadeshPost