मुलुकभर अझै चिसो बढ्नसक्ने अनुमान

153
SwadeshPost

मौसम पूर्वानुमान महाशाखाले मुलुकभर अझै चिसो बढ्ने जनाएको छ । पश्चिमी वायुका कारण मौसममा आएको परिवर्तनले देशभरको अधिकतम तापक्रम घटेर चिसो धेरै महसुस हुने महाशाखाले जनाएको हो । दिउँसो केहीबेर आकाश खुलेपनि पारिलो घाम नलाग्ने भएका कारण अधिकतम तापक्रम बढ्न नसक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागको अनुमान छ । माडी उपत्यकामा समेत पछिल्लो समयमा चिसो बढ्दै जाँदा दैनिक जनजीवन कष्टप्रद बन्दै गएको छ । जाडो बढेसंगै बिहानी समयमा सञ्चालनमा रहेको माडी क्याम्पसमा जाडो बिदा दिइएको क्याम्पस प्रशासनले जनाएको छ ।

SwadeshPost