शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी

774
SwadeshPost

शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बुधबार सार्वजनिक सवारी साधनहरुलाई लैंगिक हिंसामुक्त बनाउन सचेतनामुलक कार्यक्रम गरिएको छ । हर प्रहर, गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ बुधबार माडीको बसन्तपुरस्थित ईलाका प्रहरी कार्यालय परिसरमा लैंगिक हिंसा मुक्त सार्वजनिक यातायातको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सार्वजनिक यातायातभित्र महिलामैत्री वातारवरण बनाउन यौनजन्य हिंसामुक्त गर्ने अभियानमा सबैले ध्यान दिनुपर्ने, बिवाह गर्ने काम लगाइदिने लगायतका बहानामा मानब बेचबिखन हुनसक्ने हुँदा सबै यात्रुले ध्यान पु¥यानुपर्ने, यात्रागर्दा मादक पदार्थ सेवन नगर्ने विषयमा समेत यात्रुहरुलाई सचेत गराइएको थियो । कार्यक्रम अन्तरगत नारायणगढ माडी ठोरी हुलाकी सडकमा सञ्चालनमा रहेको सार्वजनिक बसहरु रोकी त्यसका चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षित गरिएको थियो ।

SwadeshPost