यौनजन्य हिंसा न्यूनिकरण र आरक्षण सिट लागु सम्बन्धी सचेतनामुलक अभियान जारी

283
SwadeshPost

सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसा, दुव्र्यवहार न्यूनिकरण र आरक्षण सिट लागु सम्बन्धी सचेतनामुलक अभियान जारी रहेको छ । एक्सन एडको सहयोगमा चितवन सक्रिय महिला प्रतिष्ठान, सेफ सिटी भोलेन्टियर ग्रुप र ईलाका प्रहरी कार्यालय बसन्तपुर माडीको आयोजनामा जारी सो अभियान अन्तगत बसन्तपुरमा बिहीबार दिनभर ईलाका प्रहरी कार्यालय अगाडी सचेचनामुलक अभियान जारी रहेको हो ।

अभियानका क्रममा सार्वजनिक यातायातभित्र महिलामैत्री वातारवरण बनाउन, यौनजन्य हिंसामुक्त गर्ने अभियानमा सबैले ध्यान दिनुपर्ने, बिवाह गर्ने काम लगाइदिने लगायतका बहानामा मानब बेचबिखन हुनसक्ने हुँदा सबै यात्रुले ध्यान पु¥यानुपर्ने, यात्रागर्दा मादक पदार्थ सेवन नगर्ने विषयमा समेत यात्रुहरुलाई सचेत गराइएको थियो । कार्यक्रम अन्तरगत नारायणगढ माडी ठोरी हुलाकी सडकमा सञ्चालनमा रहेको सार्वजनिक बसहरु रोकी त्यसका चालक, सह-चालक र यात्रुहरुलाई प्रशिक्षित चितवन सक्रिय महिला प्रतिष्ठानका फिल्ड प्रतिनिधी सनशीला हमालले जानकारी दिनुभयो ।

SwadeshPost