माडीको कल्याणपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

124
SwadeshPost

माडीको कल्याणपुरमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको आयोजनामा कल्याणपुरस्थित दिव्य कालिका इङ्गलिस स्कूलको प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । रेडक्रस कल्याणपुरले उपशाखाको १७ औं उपशाखा सभा तथा अधिवेशनका अवसरमा सो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता भने माडी नगरपालिका वडा नम्बर ७ निवासी २० औं पटक रक्तदान गरिसक्नु भएका डोलनाथ आचार्य रहनुभएको थियो ।

कल्याणपुर उपशाखाका सभापति रामकृष्ण अधिकारीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा रक्तदानसंगै उपशाखा सभा सम्पन्न भएको हो । कार्यक्रममा उपशाखाका सचिव गणेशकुमार मकाजुले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका सदस्य नारायण प्रसाद पौडेलले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको उपशाखाका अध्यक्ष रामकृष्ण अधिकारीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

SwadeshPost