बसन्तपुर ब्वाइजद्वारा सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता आयोजित

296
SwadeshPost

बसन्तपुर बजारका सक्रिय युवाहरुको संस्था बसन्तपुर ब्वाइजको आयोजनामा दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता-२०७५ आयोजना गरिएको छ । माडी उपत्यकाको हालसम्मकै सर्वाधिक धनराशीको पुरस्कार रहेको सो क्रिकेट प्रतियोगिता माडी बसन्तपुरको खेलमैदानमा यहि पौष २५ देखि करीब एक साता सञ्चालन हुने कार्यतालिका रहेको छ ।

युवा, खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको सो प्रतियोगिताको प्रथम तथा दोश्रो पुरस्कार क्रमशः ३० हजार र १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको आयोजक संस्था बसन्तपुर ब्वाइजका अध्यक्ष पदम पन्तले जानकारी दिनुभयो । प्रतियोगितामा टिम दर्ताको लागि माडी नगरपालिका अन्तरगतका सम्पुर्ण वडास्तरीय क्रिकेट टिमहरुलाई पत्राचार गरिसकिएको बताइएको छ । प्रतियोगिताको बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई एक/एक थान मोबाइल पुरस्कार समेत रहेको सो प्रतियोगिताको उद्घाटन यहि पौष २५ गते मध्यान्ह १२ बजे हुने आयोजकले जनाएको छ ।

SwadeshPost