चितवनको कुरिनटारमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ६ ख २३८१ नम्बरको ट्रकले सोही दिशातर्फ आउदैँ गरेको बा ७१ प ६४ नम्बरको मोटरसाईकललाई पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटारमा केही समय अघि पछाडीबाट ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार महिलाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक भने सामान्य घाईते भएका छन् । थप विवरण आउन बाकीँ छ ।
SwadeshPost > राष्ट्रिय (प्रदेश/केन्द्र) खबर > ट्रकको ठक्करबाट कुरिनटारमा एक महिलाको मृत्यु, थप विवरण आउन बाकीँ