माडी वडा नं. ८ को वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न

80
SwadeshPost

माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय सार्बजनिक सुनुवाई आज सोमबार वडा कार्यालय परिसर, खरकट्टामा सम्पन्न भएको छ । वडाको आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको हो । जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शोभाखर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको विशिष्ट अतिथि महिला तथा बालबालिकाको क्षेत्रमा योगदान गर्नुभएकी लक्ष्मी पौडेल रहनुभएको थियो ।

वडाध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, उपभोक्ता समितिका पदाधिकारी एवं सदस्यहरु, टोल सुधार समितिका पदाधिकारी र स्थानीय संघ संस्थाका प्रतिनिधीहरु संगै वडाबासीहरुको सहभागिता रहेको थियो । वडाबासीहरुले वडा कार्यालयका विभिन्न बिषयहरुमा प्रश्न गरेका थिए ।

SwadeshPost