प्राविधिक कारणवश स्थगित महायज्ञ यथासमयमै सञ्चालन हुने

302
SwadeshPost

प्राविधिक कारणवश स्थगन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ यथासमयमै सञ्चालन हुने भएको छ । गएराती एक्साभेटर दुर्घटना भएको कारण आयोजकले स्थगन गरेको सप्ताह माडी नगरपालिकाका जनप्रतिनिधीहरुसंगको छलफल पश्चात पौष २५ गते नै उद्घाटन गर्नेगरी सञ्चालन गरिने निर्णय गरिएको हो ।

त्यसअघि आज साेमबार बिहान माडीको दिवानगरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तत्कालका लागि स्थगित भएको जनाइएको थियो । महायज्ञ स्थगन गरिएसंगै सोको प्रचारप्रसारका लागि आज हुने भनिएको माडीब्यापी मोटरसाइकल -याली समेत स्थगन भएको थियो । तर महायज्ञ नरोकिए भएसंगै भोलि मंगलबार पुनः माडीव्यापी मोटरसाइकाल -याली हुने भएको छ । अब महायज्ञको समुद्घाटन यहि पौष २५ गते गरिने तथा तथा माघ २ गतेसम्म महायज्ञ सञ्चालन हुने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ मुल आयोजक समितिका संयोजक झनक प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गरी बृद्धाश्रम र जलबाराही मन्दिर निर्माण तथा मन्दिरको भू-संरक्षणका लागि महायज्ञ आयोजना गरिएका हो । महायज्ञमा चर्चित युवा पण्डित सुदर्शन सुवेदीले भागवत बाचन गर्नुहुने छ ।

SwadeshPost