अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न

373
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था नेपालको १२ औं वार्षिकउत्सवको अवसरमा आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका–७ स्थिीत देबेन्द्रपुर बजारमा सम्पन्न रक्तदान कार्यक्रममा कार्यक्रममा ५१ जना रत्तदाताहरुले रक्तदान गर्नुभएको संस्थाका अध्यक्ष पुर्णभद« पनेरुले जानकारी दिनुभयो ।

अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था नेपालका अध्यक्ष पुर्णभद« पनेरुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि चितवन शाखाका मन्त्रि हरी प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियोभने विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटि अयोध्यापुरी उपशाखाका अध्यक्ष सुर्यनाथ अधिकारी रहनुभएको थियो । कार्यक्रममा वडा नं ७ का वडासदस्य जगन्नाथ लामिछाने, वडा नं ९ का वडासदस्य घनश्याम दवाडी लगायत रहनुभएको थियो ।

SwadeshPost