बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ रकम जुट्ने क्रम जारी

212
SwadeshPost

समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ सहयोग रकम जुट्ने क्रम जारी छ । बालिका सुनारको उपचारमा सघाउन समाजसेवी रविन्द्र सिंह ठकुरीले गर्नुभएको पहलबाट संकलित रु. १४ हजार आज बुधबार बालिका सुनारको भाउजु र दिदिलाई स्वदेश एफ.एमको स्टुडियोमै आएर सो रकम हस्तान्तरण गरिएको हो ।

समाजसेवी ठकुरीको पहलबाट माडी नगरपालिका ५ ब्रम्हपुरीका खडग सुनार तथा माडी –६ का श्रीमन गुरुङ, खडग प्रसाईं, जित बहादुर श्रीपाईली र अर्जुन बिक्रम पोख्रेलबाट संयुक्त रुपमा रु ४,००० सहयोग प्राप्त भएको हो । त्यसैगरी पाठक कन्स्ट्रक्सन तथा बिश्वकर्मा बाबा ईन्जिनियरिङ वर्कशप बसन्तपुरका तर्फबाट रु ३,००० तथा वुद्ध गुरुङ बेलायतबाट रु. ३,०००, रबिन्द«सिंह ठकुरी (आर आर एन) का तर्फबाट २,०००, माडी नगरपालिका वडा नं. ८ का राजकुमार परियार र भुपेन्द्र गिरीबाट रु १,००० र जयराम कुँवर का तर्फबाट रु १,००० गरि कुल १४,००० सहयोग संकलित भएको हो ।

यसैबिच, नवराज चापाँगाई र सुलभबन्धु पोख्रेलको पहलबाट स्थानियबासि मार्फत संकलित ३,५७५ रुपैँया सहयोग रकम समेत आज बालिका सुनारको दिदिलाई हस्तान्तरण गरिएको छ । माडी नगरपालिका उपप्रमुख ताराकमारी काजी महतो र वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेले आज एक कार्यक्रमका बिच सो रकम हस्तान्तरण गर्नुभएको हो । यसअघि, बालिका अध्ययरन विद्यालय, ब्रह्म्ज्योती आधारभुत विद्यालय ब्रह्म्पुरीद्धारा सहयोगार्थ संकलित ५,१६० रुपैयाँ उहाँको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनारको यतिखेर भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । उपचार खर्चका अभावमा उहाँ छट्पटिनुपरेको खबर स्वदेश एफ.एम.मार्फत प्रकाशन र प्रशारण भएसंगै सुनारलाई विभिन्न ठाउँहरुबाट सहयोग समेत जुट्न थालेको छ । बिरामी बालिकाको परिवारको आर्थिक श्रोत समेत अत्यन्त कमजोर रहेको र उहाँहरुलाई तत्कालै आर्थिक सहयोग वा श्रोतको खाँचो रहेको छ । बिरामी बालिका सरस्वती सुनार माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।

SwadeshPost