फाेहरबाट माेहर

408
SwadeshPost

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको चोरी शिकार नियन्त्रण युवा जागरण समूहको अायोजनामा माडी नगरपालिकाको वडा नं. ८ र ९ मा रहेको हुलाकी सडकमा रहेका प्लास्टिक संकलन गरी सरसफाई गरिएको छ । कार्यक्रममा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, सचिव लीलाधर भण्डारी, युवा जागरणका अध्यक्ष सुर्य बहादुर अधिकारी र समूहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सेवा क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने प्रयास स्वरुप सुरुवातमा हुलाकी सडक क्षेत्र वरपरका प्लास्टिक संकलन गरिएको हो । संकलित प्लास्टिकजन्य फोहोर वडा नं. ८ कार्यालयले सञ्चालन गरिरहेको फोहरबाट मोहर कार्यक्रमलाई हस्तान्तरण गरिएको थियो । वडा नं. ८ कार्यालयले प्लास्टिकजन्य फोहोरहरु संकलन गरी त्यसबाट खेलौना तथा सजावटका सामानहरु तयार गर्ने फोहोरबाट मोहर कार्यक्रम सञ्चालन गरिरहेको वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।

SwadeshPost