जारी महायज्ञ तथा मकर संक्रान्ति उत्सवमा दान संकलन जारी

379
SwadeshPost

दिवानगरस्थित रेवा त्रिवेणी धाममा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सवमा दान संकलन जारी रहेकाे छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित अटो भिलेजका सदस्यहरुले संयुक्त रुपमा १ लाख १ हजार १११ सहयोग गरेका छन् । त्यसैगरी, स्वर्गिय पिता जीवनाथ तिमिल्सिना, माता पवित्रा र दिदी रमाको सम्झनामा श्रमिती सरस्वती तिमिल्सिना, छोराहरु बलराम तिमिल्सिना, महेन्द तिमिल्सिना र ढाकामोहन तिमिल्सिनाले संयुक्त रुपमा २५,१२५ दान गर्नुभएको छ ।

त्यसैगरी बुल्बुले कमलकुण्ड आमा समूह, माडी नगरपालिका वडा नं. ७ का तर्फबाट रु ५ हजार १०५, गौरी टोल आमा समूह जगन्नाथपुरीका तर्फबाट रु. १४ हजार ७००, बाबियो डाँडा आमा समूहका तर्फबाट रु ७ हजार १००, भरतपुर निवासी राधादेवी गौतम पौडेलबाट रु १० हजार १५१ र शर्मादेवी भुसालबाट पनि रु १० हजार १५१ रुपैंया दानस्वरुप प्राप्त भएको रेवा त्रिवेणी धामका अध्यक्ष ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो । महायज्ञमा उत्साहपूर्ण तवरबाट दर्शन र दान दातव्य जारी रहेको आयोजकको भनाई छ ।

गत पौष २५ गते उद्घाटन भएको सो महायज्ञ आउँदो माघ २ गतेसम्म जारी रहनेछ । रेवा त्रिवेणी धाममा बृद्धाश्रम र जलबाराही मन्दिर निर्माण तथा मन्दिरको भू-संरक्षण एवं मेसजाली निर्माण सहयोगार्थ महायज्ञ सञ्चालन भइरहेको हो । आचार्य युवा पण्डित सुदर्शन सुवेदीद्वारा वाचन भइ रहेके सो महायज्ञको आधिकारिक मिडिया स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज रहेको छ ।

SwadeshPost