देवघाट धामका सन्तहरुको टोलीद्दारा शनि मन्दिरको अवलोकन भ्रमण

245
SwadeshPost

महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा. गुरुप्रसाद सुवेदी र ब्रह्मचारी भुमानन्द लगायत देवघाट धामबाट आएको सन्तहरुको टोलीले टिमले शनि मन्दिरको अवलोकन भ्रमण गरेको छ । भ्रमणका क्रममा उहाँहरुले माडीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि यथासम्भव सहयोग गर्ने र माडीका धार्मिक क्षेत्रहरुबारे सर्बत्र प्रचार प्रसार गर्ने प्रचिवद्धता व्यक्त गर्नुभएको थियो । देवघाटको धार्मिक टीमले शनि मन्दिर क्षेत्रमा निर्माणाधीन १०८ शिवलिंग स्थान नीरिक्षण गर्नुका साथै त्यसलाई अझै राम्रो बनाउन विभिन्न सुझावहरु पनि दिएको मन्दिरका संरक्षक युवा पण्डित सुदर्शन सुवेदीले स्वदेश एफ.एम.लाई जनाउनुभयो ।

यसैबिच, शनि मन्दिर परिसरमा चिप्स र टायल बिछ्याउने काम सकिएको र त्यसलाई घोटेर शिवलिंग स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको छ । माडीकै प्रमुख धार्मिक क्षेत्रका रुपमा पहिचान बनाइरहेको शनि मन्दिर चितवनकै एकमात्र शनि मन्दिरका रुपमा चर्चित रहेको छ ।

SwadeshPost