माडीमा सञ्चालित कार्यालय व्यवस्थापन सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न

353
SwadeshPost

माडी नगरपालिकाको आयोजनामा सञ्चालित कार्यालय व्यवस्थापन सम्बन्धी प्रशिक्षण तालिम आज शनिबार सम्पन्न भएको छ । तालिममा कार्यालय व्यवस्थापन अन्तरग प्रशासन सञ्चालन, लेखा तथा सुचना प्रविधिको उपयोग लगायतका बिषयमा प्रशिक्षण दिइएको कार्यक्रम संयोजक अमृत रामदामले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालित सो कार्यक्रम माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता तथा नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा माडी नगरपालिका अन्तरगतका विषयगत शाखा र वडा कार्यालयमा कार्यरत ३२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालय व्यवस्थापन र प्रशासन सम्बन्धमा हरिदत्त कँडेल, लेखा र जिन्सी सम्बन्धमा शुरेस कुमार अधिकारी र सुचना प्रविधीको उपयोगका बिषयमा प्रविण भण्डारीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम माडी भिलेज रिसोर्टको सभाहल बघौंडामा सञ्चालन भएको हो ।

SwadeshPost