विभिन्न पार्टी परित्याग गरी ५१ जना काँग्रेस प्रवेश

309
SwadeshPost

नेपाली कांग्रेस, माडी नगर समितिको आयोजनामा अाज शनिवार कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रीय नेता गगन कुमार थापा रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा काँग्रेसका पूर्व चितवन जिल्ला सभापतिहरु टेक प्रसाद गुरुङ, रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङ, टिकाराम न्यौपाने, पूर्वमन्त्री शेषनाथ अधिकारी, क्षेत्रीय सभापति लाल बहादुर दवाडी, महासमिति सदस्य सबिता बराल र महाधिवेश प्रतिनिधी साजन महतो लगायत रहनुभएको थियो ।

काँग्रेसका नगर सचिव लोकनाथ लामिछानेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नगर उपसभापति प्रेमकुमारी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा माडीका काँग्रेस नेता कार्यकर्ता र भातृ संगठनका नेतृत्वकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा २०३३ सालमा मेलमिलाप दिवशको कार्यक्रममा प्रचार प्रसारमा हिँड्दा जेल पर्नुभएका ५ जना तथा २०४६ सालको जनआन्दोलनका समयमा एउटै डोरीमा बाँधिएका ३४ जना पुराना कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

यसैबिच, साेही कार्यक्रमको सन्दर्भमा विभिन्न पार्टी परित्याग गरी ५१ जना काँग्रेस प्रवेश गरेका छन् । रामु क्षेत्रीको अगुवाईमा इनारबरुवा, धोबाहा र ब्रह्मपुरीका २० जना युवाहरु तथा सुरज सुवेदी, गोपाल घिमिरे, सन्तोष शाह र जोखु सहनको नेतृत्वमा अन्य ३० जना विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस माडीले जनाएको छ ।

SwadeshPost