राष्ट्रिय आधारभूत विद्यालय दिवानगर माडीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरित

498
SwadeshPost

माडीको दिवानगरस्थित राष्ट्रिय आधारभूत विद्यालय दिवानगरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । माडी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । नगरपालिकाले न्यानो कपडा वितरणका लागि सो विद्यालयलाई रु १५ हजार सहयोग गरेको थियो ।

विद्यार्थीहरुलाई माडी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले स्वेटर हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकामोहन तिमिल्सिना, प्रधानाध्यापक यमकुमार काफ्ले, विद्यालय व्यवस्थापन समितिका अन्य पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

बिद्यालयमा अध्ययनरत कुल ८६ जना विद्यार्थीहरु मध्ये अतिबिपन्न २९ जनालाई हाल स्वेटर वितरण गरिएको र बाँकी अन्य बिद्यार्थीहरुलाई अन्य श्रोतको खोजी गरी न्यानो लुगा वितरण गरिने विद्यालयले जनाएको छ । ३७ जना मात्र विद्यार्थी रहेकाले समायोजनमा परेको सो विद्यालयले मिहिनेत गर्दा हाल ८६ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने स्थानीय समुदायको सहयोग समेत पाइरहेको छ ।

SwadeshPost