प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता-२०७५ सुरु

384
SwadeshPost

माडीको बसन्तपुरमा प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता-२०७५ सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज चारवटा खेलहरु भएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र काभ्रे भलिबल क्लबबिच भएकोमा ३-० को सोझो सेटमा पुलिस क्लब बिजयी भएको छ । त्यसैगरी दोश्रो खेलमा पश्चिमाञ्चल भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै चुलो भलिबल क्लब, चितवनले पनि विजयी सुरुवात गरेको छ । आजको तेश्रो खेलमा पूर्वाञ्चल भलिबल क्लबलाई ३-० ले पराजित गर्दै सशस्त्र प्रहरी क्लब विजयी बनेको छ भने चौंथो तथा अन्तिम खेलमा चितवन जिल्ला खेलकूद बिकास समितिलाई ३-० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब बिजयी भएको छ ।

भोली बिहीबार पनि प्रतियोगितामा ४ वटा खेलहरु हुनेछन् । भोलिको पहिलो खेलमा नेपाल प्रहरी क्लब र पूर्वाञ्चल भलिबल क्लबबिच खेल हुने छ । त्यसैगरि दोश्रो खेलमा चुलो भलिबल क्लब र चितवन जिल्ला खेलकूद बिकास समिति तथा तेश्रो खेलमा सशस्त्र प्रहरी क्लब र काभ्रे भलिबल क्लब भिड्नेछन् । भोलीको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल भलिबल क्लबबिच खेल हुने छ ।

आज, प्रतियोगिता सुरु हुनुअघि संक्षिप्त उद्घाटन कार्यक्रम गरिएको थियो । आयोजक युवा खेलकुद तथा साँस्कृतिक समिति, माडी नगरपालिका अध्यक्ष हिमकान्त (हरि) भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर ढकाल प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख ताराकुमारी काजी महतो, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, अधिकांश वडाका वडाध्यक्षरु एवं भलिबल खेलका राष्ट्रिय अगुवाहरुको आतिथ्यता रहको थियो । प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः रु. २ लाख, १ लाख र ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

SwadeshPost