रहेनन्, माडीका वामपन्थी नेता भुवानी प्रसाद पौडेल

543
SwadeshPost

माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको आज शनिवार दिउँसो २ बजे निधन भएको छ । साविक बघौंडा गाउँ विकास समितिको अध्यक्ष समेत रहिसक्नुभएका पौडेलको भरतपुरस्थित घरमा निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगसंग जुध्दै आउनुभएको थियो ।

स्वर्गिय पौडेल माडीको बघौंडा मध्यवर्ती उपभोक्ता समितिका संस्थापक सदस्य, नेपाल रेडक्रस सोसाइटकिा आजीवन सदस्य, पिसल्याण्ड अंग्रेजी विद्यालयका संस्थापक, कृषि उपज संकलन केन्द्र, माडीका अध्यक्ष तथा विभिन्न सामाजिक एवं शैक्षिक अभियानका सक्रिय अभियन्ता रहनुभएको थियो । केहि महिना अघि भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गरी स्वदेश फर्किनुभएका पौडेललाई माडीमा नागरिक अभिनन्दन एवं सामुहिक सम्मान समेत गरिएको थियो ।

यसैबिच स्वर्गिय पौडेलको भोलि आइतबार बिहान ८ शबयात्रा सुरु गरी देबघाटमा अन्तेष्टी गरिने उहाँको परिवार श्रोतले जनाएको छ ।

SwadeshPost