निकुञ्जकाे नियम ताेड्न माडीका युवाहरु राती विशेष यात्रामा निक्लँदै

490
SwadeshPost

रातको १० बजेपछि चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै वारपार गर्न नदिइने चितवन राष्ट्रिय निकुञ्जको नियम तोड्न आज आइतबार राती माडीका युवाहरु विशेष यात्रामा निक्लन लागेका छन् ।

ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दीप पौडेल, युवा व्यवसायी रमेश पाण्डे, युवा अगुवा आशिष शर्मा लगायतले यो यात्राको आह्वान गर्दै यसमा सहभागी हुन माडीका युवाहरुलाई आह्वान गर्नुभएको हो । स्वदेश एफ.एम.संग कुराकानी गर्दै यात्राका आह्वानकर्ता मध्येका एक मिलनदीप पौडेलले राती कम्तीमा १० वटा मोटरसाइकलमा २० जनाको टोली निकुञ्ज प्रवेश गरिने जनाउनुभयो ।

निकुञ्ज ऐनको कारण देखाउँदै चितवन राष्ट्रिय निकुञ्जले राती १० बजेपछि एम्बुलेन्स र विशेष अवस्थाका गाडीहरु बाहेक अन्य सवारी साधन र यात्रीहरुलाई जंगलको बाटो वारपार गर्न प्रवेश रोक लगाउने गरेको छ । सो नियमका कारण माडीबासीहरु रातभर थुनिनुपरेको अनुभव गर्दै आइरहेका छन् । माडी लाई मणी बनाइने आशा र भरोसामा बर्षौ बितेको र निकुञ्जकै कारण माडीको विकासको गति अत्यन्त सुस्त रहेकोले निकुञ्जको बार बन्देज तोड्न जनस्तरबाट दवाब दिनु आवश्यक रहेको जनाउँदै युवाहरु रातीको १० बजे पछी निकुञ्जको नियम बिपरित निकुन्जको बाटो हुँदै भरतपुर जाने सार्वजनिक घोषणा गरेका हुन् ।

SwadeshPost