माडीमा पहिलाेपटक एटिएम मेसिन सञ्चालित

109
SwadeshPost

माडीको बसन्तपुरमा रहेको जनता बैंक नेपाल लिमिटेडले एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । बसन्तपुर बजारमा, बैंक रहेकाे भवनकै तल्लाे तलामा रहेको सो एटिम मेसिनबाट सहजरुपमा पैसा निकाल्न मिल्ने जनता बैंक नेपाल माडीका शाखा प्रवन्धक प्रताप तामाङले जनाउनुभयो । एटिएम मेसिनको जडानसंगै चौबिसै घण्टा पैसा निकाल्न मिल्ने र यसबाट बैंकका ग्राहकहरुलाई सहज हुने बैंकले विश्वास लिएको जनाएको हो । माडीमा विगत लामो समयदेखि एटिएम मेसिनको माग भइआएको थियो ।

SwadeshPost