भन्सार छली भारतबाट माडीतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको

296
SwadeshPost

भन्सार छली भारतबाट माडीतर्फ ल्याउँदै गरेको अवस्थामा ठोरी प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । धानसँगै लुकाएर ल्याउँदै गरेको तीस लाख पचास हजारको कपडा ठोरी बाट बरामद भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको हाे ।

बरामद कपडासंगै माडी नगरपालिका वडा नं. २ बस्ने ट्रक धनी ४४ वर्षीय ऋषि सुवेदी, सोही ठाउँ बस्ने ट्रक चालक २६ वर्षीय प्रकाश दराई र सह चालक १९ वर्षीय सुजन दराईलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिकाबाट १०५ बोरा धान लोड भएको लु १ ख ३३१० नम्बरको ट्रकमा अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी कपडा ल्याउँदै गर्दा विशेष सूचनाको आधारमा बरामद गरिएको प्रहरीको भनाई छ ।

विशेष सूचनाको आधारमा चेकजाँच गर्दा ट्रकबाट थान कपडा १९ पोका, कुर्ता सुरुवाल ३०४ पिस, सर्टिङ्ग ३ हजार २ सय ८० मिटर र सुर्टिङ्गका कपडा ६०० मिटर, कूर्ता कपडा २ हजार ६० मिटर र साडी ८८ पिस बरामद भएको जनाइएको छ । यसअघि पनि गत माघ १३ गते सशस्त्र प्रहरीले धान लोड भएको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको ६० लाख मुल्य बराबरको अवैध कपडा बरामद भएको थियो ।

SwadeshPost