दिवंगत बाम नेता पौडेलप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजित

197
SwadeshPost

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिको आयोजनमा दिवंगत बाम नेता भुवानी प्रसाद पौडेलप्रति माघ २४ गते (विहिबार) श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।

सिर्जनाचोक स्थित पौडेल निवासमा आयोजित सो कार्यक्रममा नेकपाका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष उपस्थिति रहने नेकपा चितवनले जनाएको छ । गत माघ १९ गते शनिवार दिउँसो करीब १ः३० बजे सोही निवासमा पौडेलको निधन भएको थियो ।

त्यसको भोलिपल्ट उहाँको माडीको मगोई नदीमा दाहसंस्कार गरिएको थियो । २००५ साल मंसिर २७ गते जन्मनुभएका पौडेलको परिवार बसाई सरी माडी आएर सुरुमा बरुवा, त्यसपश्चात धोबाहा र पछि बसन्तपुरमा बसोबास गरेको थियो । जीवनभर कम्युनिष्ट आन्दोलनमा सरिक रहनुभएका उहाँ साविक बघौंडा गाउँ विकास समितिको जननिर्वाचित अध्यक्ष तथा अन्य विभिन्न सामाजिक जिम्मेवारीहरुमा सक्रिय रहिआउनुभएको थियो ।

SwadeshPost