साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएपछि माडी नगरपालिका अन्यौलमा

148
SwadeshPost

बेरोजगार युवाहरुले काम नपाएको भन्दै संघीय सरकारले एक करोडभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएपछि माडी नगरपालिका अन्यौलमा परेको छ ।

गत माघमा माडी नगरपालिकाले ५ करोड ३६ लाख खर्चिएर ३ वटा हेभी इक्वीपमेन्ट किनेर आफ्नै योजनाहरुमा भाडामा लगाई खरिद लगात उठाउनुका साथै २ करोड ८५ लाख बचत गरेको छ । तर केन्द्रीय सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोषणाको तयारीमा गर्दै एक करोडभन्दा साना योजनामा श्रममुलक प्रविधि प्रयोग गर्नुपर्ने निर्देशिका मन्त्रिपरिषद्बाट पास गरेको छ । यसरी क्याबिनेट बैठकबाटै साना योजनाहरुमा डोजरको प्रयोगमा रोक लागेपछि माडीका नगरप्रमुख मेयर ठाकुरप्रसाद ढकाल अन्यौलमा पर्नुभएको हो ।

राष्ट्रिय अनलाइन पत्रिका अनलाइनखबरसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले हाल माडी नगरपालिकाका तीनवटै डोजरहरु काममा रहेको जनाउँदै केन्द्र सरकारले गरेको निर्णयको आलोचना गर्नुभयो । रोजगारी सिर्जनाका लागि फरक र आधुनिक ढंगले सोच्न सरकारलाई ढकालको सुझाव छ ।

SwadeshPost