माडीका अगुवा कृषकहरुलाई माटो परीक्षण तथा रासायनिक मलको न्यूनिकरण बिषयको तालिम

151
SwadeshPost

माडीका अगुवा कृषकहरुलाई दिइएको माटो परीक्षण तथा रासायनिक मलको न्यूनिकरण बिषयको तालिम आज सकिएको छ । माडी नगरपालिकाको आयोजना तथा माडी नगरस्तरीय कृषि समन्वय समिति र माडीका चारवटै साना किसान कृषि सहकारी संस्थाहरुको सह-आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

गत माघ २८ गते सोमबार सुरुवात भएको सो तालिम ४ दिनसम्म सञ्चालित भई आज समापन भएको हो । माडी नगरस्तरीय कृषि समन्वय समितिका अध्यक्ष शुरेस बहादुर थापाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा माडीका २६ जना अगुवा कृषकहरुलाई माटो परीक्षण तथा मल विषादि सम्बन्धी ४ दिने प्राविधिक तालिम दिइएको हो । कृषकहरुलाई मातृभूमि कृषि सामग्री उद्योग, भरतपुरका माटो बिज्ञ बिष्णु चापागाईंले प्रशिक्षण दिनुभएको थियो ।

यसैबिच, माटो परीक्षण तथा रासायनिक मलको न्यूनिकरण बिषयको तालिमकै सन्दर्भ पारी माडी नगरपालिकाले माडीका चारवटै साना किसान कृषि सहकारी संस्थाहरुलाई माटो परीक्षण यन्त्र समेत हस्तान्तरण गरेको छ ।

SwadeshPost