माडीका भित्री गाउँहरुमा पनि ११ के.भी.को हाइटेन्सन बिजुली प्रवाह हुँदै

439
SwadeshPost

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले माडी नगरपालिकाको भित्री गाउँहरुमा ११ के.भी. हाइटेन्सन र ०.४ के.भी.लाइनको बिजुली प्रवाह गर्न लागेको छ । माडीको बनकट्टा, सितलपुर, खैरहनी, लक्ष्मीनिवास, ढुकुरबारी, स्याउलीबास, चौकीडाँडा, दिवानगर, कुन्तिपुर र बाउनडोरी क्षेत्रमा यही फागुन १२ गतेबाट बिजुली प्रवाह सुरुवात गर्न लागिएको भरतपुर वितरण केन्द्रका प्रमुख शुरेस महतोले जानकारी दिनुभयो ।

फागुन १२ गते बिहानैबाट लाइन चार्ज हुने भएकाले बिजुलीको पोल, स्टे, तार आदिजस्ता विद्युतीय संरचनाहरु न्जिक नजान र नछुन केन्द्रले सबैमा अनुरोध गरेको छ । आज एक सार्वजनिक सुचना जारी गर्दै विद्युतीय संरचनाहरु छोएमा वा चलाएमा दुर्घटना हुनसक्ने र त्यसो भएमा प्राधिकरण जवाफदेही नुहने जनाएको हो । यसअघि, माडीमा पहिलोपटक ३३ के.भी.को बिजुली प्रवाह हुँदा रुखमा चढी हाँगो काटिरहेका एकजनाको ज्यान गएको थियो ।

नेपाल विद्युत प्राधिकरणले माडी उपत्यकामा दोश्रो चरणको बिजुली बिस्तार अन्तरगत माडीभर करीब ६५० भन्दा धेरै पोलहरु गाड्नुका साथै बिजुलीको तार तानेको हो । तर दोश्रो फेजमा बिज्ली बिस्तारका लागि नाङ्गो तारहरु पनि तानिएकाले दुर्घटनाको सम्भावना भने उच्च रहेको देखिन्छ ।

SwadeshPost