दोश्रो माडी मेयर कप नकआउट फुटबलमा प्रोटेस्टले बदल्यो नतिजा

158
SwadeshPost

दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगितामा गौरीशंकर युवा क्लब गौरीनगरलाई पराजित गरी माडी नगरपालिका – ८ को फुटबल टीम फाइनल प्रवेश गरेको छ ।

निर्धारित समयसम्म ०–० को बराबरी भएसंगै खेल टाइब्रेकरमा धकेलिएकोमा ३–२ गोलअन्तरबाट माडी–८ अगाडि बढेको हो । खेलको म्यान अफ द म्याच माडी–८का टिम क्याप्टेन मनोज क्षेत्री घोषित हुनुभयो । प्रतियोगिता अन्तरगत भोलि मंगलबार अर्को सेमीफाइनल खेलमा चैनपुर फुटबल क्लब ९सि।एफ।सी।० र स्टार स्पोर्टस् क्लब, बरुवाले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि भएका खेलहरुमा आज भिँडेका दुईवटै टीमहरु पराजित भएको घोषणा गरिएको थियो । तर दुईवटै टीमले विजेता टीम बिरुद्ध प्रोटेस्ट दर्ता गरेकोमा त्यसबारे छलफल हुँदा नतिजा उल्टिएको हो । नतिजा उल्टिएसंगै यसअघि सेमीफाइनल पुगिसकेका माडी–४ र आयोजक तथा डिफेन्डिङ च्याम्पियन माडी २ बाहिरिनु परेको हो ।

– स्वदेश न्यूज डेस्क । १३ फागुन, २०७५

SwadeshPost