माडीका भित्री गाउँहरुमा बिस्तारित बिद्युत सेवाको सांसद महतोद्वारा उद्घाटन

254
SwadeshPost

नेपाल विद्युत प्राधिकरणले माडीका भित्री गाउँहरुमा बिस्तार गरेको बिद्युत प्रवाहको उद्घाटन गरिएको छ ।

माडी नगरपालिका वडा नं. २ कुन्तिपुरस्थित ट्रान्सफर्मरको चितवन क्षेत्र नम्बर ३ ख का प्रदेश सांसद रामलाल महतोले उद्घाटन गर्नुभएको हो । वडा नं. २ का वडाध्यक्ष ईश्वरी ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसद महतोसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख शुरेस महतो, प्राधिकरणका माडी सेवा केन्द्र प्रमुख आनन्द कुँवर लगायतको उपस्थिति रहेको थियो । ट्रान्सफर्ममा जडित बत्तीको स्वीच अन गरी साँसद महतोले बिस्तारित बिजुली उद्घाटन गर्नुभएको हो ।

यसअघि फागुन १२ गते प्राधिकरणले माडीका विभिन्न गाउँहरुमा रहेका १२ वटा ट्रान्सफर्मर चार्ज गरेको थियो । ट्रान्सफर्मरहरुमा ११ हजार भोल्टको हाइ टेन्सन लाइन तानिएको हो । घरमा वितरण हुने २३० भोल्टको लाइन बिस्तार गर्ने क्रम भने पुरा हुन बाँकी रहेको छ ।

SwadeshPost