माडीको रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको छैठौं साधरणसभा सम्पन्न

248
SwadeshPost

माडीको रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको छैठौं साधरणसभा अाज मंगलबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष तुल बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेस नेता एवं संघीय सांसद उमेश श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो ।

साधारणसभा कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तिलक भुसालले स्वागत मन्तव्य, कोषाध्यक्ष नारायण सुवेदीले लेखा प्रतिवेदन र प्रतिष्ठानका महामन्त्री समेत रहनुभएका नेपाली काँग्रेस माडी नगर सभापति कोमलनाथ भुसालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानको नाउँमा ५ कठ्ठा जमीन दान गर्ने स्वर्गिय कर्णबहादुर घर्तीकी छोरी उमा रानाभाटलाई सम्मानित समेत गरिएको थियो ।

साधारणसभामा काँग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीमान गुरुङ, क्षेत्रीय सभापति लाल बहादुर दवाडी, जिल्ला कार्यालय सचिव राजीव न्यौपाने, महासमिति सदस्य सबिता बराल लगायत विशिष्ट अतिथिका रुपमा रहभागी रहनुभएको थियो । त्यसैगरी काँग्रेस नेता छबिलाल भट्टराई, नेपाल तरुण दलका जिल्ला कोषाध्यक्ष भीष्म अधिकारी, काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी हिमाल गुरुङ, काँग्रेस जिल्ला सदस्य तथा कर्णबहादुर घर्ती स्मृति भवन निर्माण समितिका अध्यक्ष शोभाखर चापागाई, महिला संघ माडी नगर सभापति शिवमाया भट्टराई, नेपाल बिद्यार्थी संघ माडी क्याम्पस ईकाई सभापति विकास भुसाल लगायतको सहभागिता रहेको थियो । मुख्यतः नेपाली काँग्रेस निकट नेताकार्यकर्ताहरुको संस्थाका रुपमा सो संस्थालाई चिन्न्ने गरिएको छ ।

SwadeshPost