हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको दुखद मृत्यु

292
SwadeshPost

हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको पाथिभरा नजिक एयर डाइनेस्टिको हेलिकप्टर दुर्घटनामा पर्दा मन्त्री अधिकारीसहित चालकदलसहित हेलिकप्टरमा सवार सबैको दुखद मृत्यु भएको हो । हेलिकोप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार रहनुभएको थियो । पाइलट प्रभाकर केसीले हेलिकोप्टर उडाउनुभएको थियो ।

तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारी सहितको टोली एयर डाइनेस्टीको कलसाइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकोप्टरमा काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । सो क्षेत्रको निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा हेलिकोप्टर टुक्राटुक्रा भएको र आगो लागेको स्थानीयबासीहरुले जानकारी दिएका छन् ।

SwadeshPost