बघौंडा मध्यवर्ती उपभोक्ता समितिद्वारा समूह/सहकारी व्यवस्थापन तालिम

428
SwadeshPost

बघौंडा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा समूह तथा सहकारी व्यवस्थापन तालिम सञ्चालन सुरुवात भएको छ ।

तालिममा, बघौंडा मध्यवर्ती उपभोक्ता समिति अन्तरगतका विभिन्न बचत समूहका पदाधिकारीहरुसंगै बघौंडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी र पदाधिकारीहरुको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सो तालिममा गैंडाकोटस्थित बिकु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष ईन्द्रराज ज्योति पौडेलले सहकारी संस्था सञ्चालन र व्यवस्थापन बिषयमा प्रशिक्षण दिइरहनुभएको हो ।

SwadeshPost