दोश्रो माडी मेयर कप फुटबलको उपाधी चैनपुर फुटबल क्लबलाई

194
SwadeshPost

दोश्रो माडी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी चैनपुर फुटबल क्लब, माडी नगरपालिका वडा नं. १, चैनपुरले उचालेको छ । फाइनल खेलमा माडी नगरपालिका वडा नं. ८ लाई ३–० ले पराजित गरी चैनपुरले उपाधी चुमेको हो ।

प्रथम हुन सफल चैनपुरले ट्रफि, मेडल र प्रमाणपत्रका साथ नगद रु १ लाख १ हजार १११ जितेको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य माडी नगरपालिका वडा नं. ८को फुटबल टोलीले ट्रफि, मेडल र प्रमाणपत्रका साथ नगद रु ५१ हजार १११ प्राप्त गरेको छ । त्यसैगरी, सेमीफाइनलमा पराजित स्टार स्पोर्टस् र गौरीशंकरले सान्त्वाना पुरस्कारस्वरुप १०/१० हजार रुपैंयामै चित्त बुझाएका छन् ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी चैनपुर फुटबल क्लबका प्रेम डालामगर घोषित हुनुभयो । त्यसैगरी बेष्ट गोलकिपर चैनपुरकै कृष्ण के.सी., बेष्ट मिडफिल्डर माडी नगरपालिका वडा नं. ८ फुटबल टिमका धिरज तामाङ, बेष्ट डिफेन्स माडी ८ कै मनोज तामाङ, सर्बाधिक गोलकर्ता माडी नगरपालिका ४ फुटबल टीमका राधेश्याम महतो घोषित हुनुभयो । त्यसैगरी अनुशासित टिमका रुपमा गौरीशंकर युवा क्लबलाई सम्मान गरिएको थियो ।

फाइनल खेल सञ्चालनसंगै संक्षिप्त समापन तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन गरिएको थियो । युवा, खेलकुद तथा साँस्कृतिक समिति माडी नगरपालिका वडा नं. २ का अध्यक्ष सूर्य प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी माडी २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल, वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो । फाइनल खेलमा रेफ्रीका रुपमा राष्ट्रिय रेफ्री आशिष चौधरी रहनुभएको थियो भने अशिष्टेन्ट रेफ्रीका रुपमा एन्फा रेफ्री नबिन बस्याल र धन प्रसाद गुरुङ रहनुभएको थियो । प्रतियोगिताको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको थियो ।

SwadeshPost