माडीभित्र रहेका सार्वजनिक जमीनहरुको पहिचान एवं संरक्षण गर्ने अभियान सुरु

143
SwadeshPost

माडी नगरपालिकाले माडीभित्र रहेका सार्वजनिक जमीनहरुको पहिचान एवं संरक्षण गर्ने अभियानको सुरुवात गरेको छ ।

आज माडी नगरपालिका वडा नं. ४, सिधुवामा रहेको चौरलाई संरक्षित क्षेत्र घोषणा गरी नगरपालिकाले सो अभियानको थालनी गरेको हो । यस अभियान अन्तर्गत माडीका सबै वडामा रहेका सार्वजनिक जग्गाहरु पहिचान गरि संरक्षण गरिने माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । यसअघि माडी नगर कार्यपालिकाको बैठकले सार्वजनिक जमीनहरुको पहिचान एवं संरक्षण गर्ने निर्णय गरेको थियो ।

यसैबिच, विद्यालयहरुलाई स्कुल बस प्रदान गर्ने सिलसिला जारी राख्दै माडी नगरपालिकाले मध्यपूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयलाई पनि स्कूल बस उपलब्ध गराएको छ । माडी नगरपालिकाको ३० लाख आर्थिक सहयोगमा विद्यालयले खरिद गरेको सो बसको चाबी आज एक कार्यक्रमबिच माडीका नगर–प्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

SwadeshPost