वन्यजन्तुबाट घाइते भएका दुईजनालाई निकुञ्जको सहयोगमा उपचार खर्च वितरित

223
SwadeshPost

वन्यजन्तुबाट घाइते भएका दुईवटा परिवारलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको सहयोगमा उपचार खर्च वितरण गरिएको छ ।

चितुवाको टोकाईबाट घाइते हुनुभएकी माडी सिमराकी कल्पना महतो र बँदेलले दाह्राले हानी घाइते हुनुभएका सितलपुरका रमेश चालिसेलाई उपचार खर्चको बिल भुक्तान गरिएको बघौंडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रभु प्रसाद महतोले जानकारी दिनभयो । सिमराकी महतोलाई रु ४ हजार ७ रुपैंया र सिलतपुरका चालिसेलाई रु ९ हजार ३ सय ९८ रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । बघौंडा मध्यवर्ती उपभोक्ता समितिले माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको उपस्थितिमा बन्यजन्तु पीडित दुईवटा परिवारलाई राहत वितरण गरेको हो ।

जारी आर्थिक बर्षभित्र जंगली जनावरहरुको आक्रमणमा परी निधन भएकाहरुलाई भने यसअघि नै राहत रकम वितरित भइसकेको छ । तर जारी आ.व.भित्र जंगली जनावरहरुका कारण बालीनाली र भौतिक सम्पत्तीको नोक्सानी व्यहोर्नुपरेकाहरुले भने अझैपनि राहत वा क्षतिपूर्ती पाइसकेका छैनन् ।

SwadeshPost