शिवरात्रीको नाउँमा गाँजा भाङ खाने विकृति मौलायाेः नगरप्रमुख ढकाल

141
SwadeshPost

शिवरात्री पर्वको नाउँमा गाँजा भाङ खाने विकृति मौलाएको भन्दै माडीका नगरप्रमुखले त्यसलाई रोक्नु आवश्यक रहेको औल्याउनुभएको छ ।

शिवरात्री पर्वको अवसरमा माडीको बसन्तपुरस्थित ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, बसन्तपुरमा शिवरात्री विशेष प्रवचन र झण्डोत्तोलन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नगरप्रमुख ढकालले भाङगाँजा जस्ता नशालु पदार्थको सेवन छाडी सभ्य रुपमा शिवरात्री मनाउनुपर्ने जनाउनुभएको हो । ब्रह्मकुमारीहरुले आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान गरेको र सभ्य रुपमा शिवरात्री मनाउने अभियान चलाएकोमा उहाँले आभार समेत व्यक्त गर्नुभएको थियो ।

यसैबिच, शिवरात्री पर्वकै अवसर पारी माडीको कीर्तनपुर देवीकोटस्थित शिव कात्यायनी मन्दिरमा रुद्राभिषेक एवं शिवपूजन लगायतको धार्मिक कार्यक्रम गरिएको छ । मन्दिरमा बिहानैदेखि शिवको पुजा अर्चनासंगै रुद्राभिषेक, बेलपत्र अर्पण र दीप प्रज्वलन र भजन कीर्तन लगायतका कार्यक्रमहरु सञ्चालन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

SwadeshPost