शनि मन्दिर क्षेत्रमा निर्मित १०८ शिव लिङ्गको प्राणप्रतिष्ठा तथा उद्घाटन सम्पन्न

427
SwadeshPost

महाशिवरात्री पर्वको अवसर पारी देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पशुपतिनाथ, १०८ शिव लिङ्ग र नन्दीको प्राणप्रतिष्ठा तथा उद्घाटन र शिवलिङ्गदाताहरुको सम्मान गरिएको छ ।

दक्षिण सोमेश्वर कालीका धार्मिक समितिका अध्यक्ष श्रीराम पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी हुँदै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले शिवलिंग उद्घाटन गर्नुभएको हो । शिवलिंगदाताहरुलाई दिइने प्रशंसापत्र बाचन गरी नगरप्रमुख ढकालले कार्यक्रमको तथा रामनामी हटाई बेलपत्र, दुध, जल र सर्बऔषधि चढाएर शिवलिंगको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतो, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

बिहानैदेखि श्रद्धालु भक्तजनहरुले पुजाआजा गर्न सुरुवात गरेको सो मन्दिरमा दिनभर श्रद्धालु भक्तजनहरुको भीड कायमै रहेको थियो । शनि मन्दिरमा माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माण गरिएको हो ।

SwadeshPost