नेपालीको महान पर्व महाशिवरात्रीको अवसर पारी माडीका विभिन्न ठाउँहरुमा भलिबल लगायतका खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन् ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
शिवरात्रीको अवसरमा पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लब, कृष्णनगरले कृष्णनगर माध्यमिक विद्यालय प्राङ्गणमा माडी स्तरीय भलिबल र फुटसल प्रतियोगिता सञ्चालन गरेको थियो । सो खेल उत्सव अन्तरगत ६ वटा टोलीको सहभागिता रहेको फुटसल प्रतियोगितामा गौरीशंकर युवा क्लब, गौरीनगर प्रथम भएको छ भने ग्रिनलल्याण्ड युथ क्लब कृष्णनगर दोश्रो भएको छ । त्यसैगरी ६ वटै टोलीको सहभागिता रहको माडीस्तरीय भलिबल प्रतियोगितामा ग्रिनलल्याण्ड युथ क्लब कृष्णनगर प्रथम र खरकट्टा युवा क्लब दोश्रो हुन सफल भएका छन् ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
यता, शिवरात्री पर्वकै अवसर पारी बालकुण्ड महाकालेश्वर शिव मन्दिर र चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कल्याणपुरले समेत माडीस्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा माडी नगरपालिका वडा नं. ८ को ए टिम प्रथम तथा माडी न.पा.-६ को भलिबल टीम दोश्रो हुन सफल भएका छन् । त्यस्तै शिवरात्रीकै अवसर पारी माडी ब्रह्मपुरीका युवाहरुले वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेका छन् । ६ वटा टोलीको सहभागिता रहेको सो प्रतियोगितामा दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको टोली पहिला तथा ब्रह्मपुरीको भेट्रान टोली दोस्रो भएको हो ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)