मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाको आयोजनामा बन्ध्याकरण शिविर सम्पन्न

  • A
  • A+
  • A++

माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न भएको छ । शिविरमा ५ महिला र १३ पुरुष गरी १८ जनाले स्थायी तथा ६ महिलाले अस्थायी बन्ध्याकरण सेवा लिएको जनस्वास्थ्य शाखा प्रमख शिव सुवेदीले जानकारी दिनुभयो ।

विज्ञापन १

सुनौलो समाज नेपालको सहयोगमा माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा बिहान ९ बजेबाट बन्ध्याकरण शिविर सञ्चालन भएको थियो । शिविरमा स्थायी बन्ध्याकरण अन्तरगत पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप तथा अस्थायी बन्ध्याकरण अन्तरगत इमप्लान्टको सेवा दिइएको थियो । माडीमा लामो समयको अन्तरालमा बन्ध्याकरण शिविर सञ्चालन भएको हो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया