माडीलाई उपमहानगरमा स्तरोन्नती हुन कान्छो मेयर राैनियारको शुभकामना

495
SwadeshPost

स्मार्ट पोखरिया सिटीका नेतृत्वकर्ता रहनुभएका नेपालकै कान्छो नगरप्रमुख दिपनारायण प्रसाद रौनियारले माडी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नती हुन शुभकामना दिनुभएको छ ।

स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भका लागि वीरगंजका चर्चित पत्रकार ध्रुव अधिकारीसंग कुराकानी गर्दै नगरप्रमुख रौनियारले माडीको विशिष्ट भूगोल, सामाजिक जागरण, शैक्षिक विकास र पर्यटन प्रवद्र्धनको अथाह सम्भावाना औंल्याउँदै माडीलाई निकट भविष्यमै नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नती हुन सुझावसहित शुभकामना व्यक्त गर्नुभएको हो । माडी नगरपालिकाले नगरप्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा तीब्र गतिमा विकास गरिरहेको आफूले पाएको उहाँको भनाई थियो ।

पर्सा जिल्लाको केन्द्रभागमा पर्ने पोखरिया नगरपालिकालाई स्मार्ट सिटी बनाउने रौनियारको अभियान यतिखेर देशभरका स्थानीय निकायहरुबिच चर्चित रहेको छ । पोखरियालार्य स्मार्ट सिटी बनाउन संघीय सरकारले जारी आर्थिक बर्ष २ अरब विनियोजित गरी निकाशा गरिसकेको छ ।

SwadeshPost