मृगौलारोग पीडित बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग

161
SwadeshPost

मृगौलाको समस्याले पीडित माडी ढिकुरबारीकी चार बर्षिय बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग प्रदान गरिएको छ । सामर्थ्य नेपाल सम्बद्ध युवा समाजसेवी अर्जुन भुसालको व्यक्तिगत पहलमा संकलित रु ४६ हजार रुपैंया आज युनाको परिवारलाई हस्तान्तरण गरिएको हो । बालिका युनाको उपचार भइरहेको काठमाडौं महाराजगंजस्थित कान्ति बाल अस्पतालमा पुगी समाजसेवी भुसाल र उहाँका सहयोगीहरुले उपचार सहयोग प्रदान गर्नुभएको हो ।

बालिका युनाको बुबा ४ बर्षदेखि परिवारको सम्पर्कमा नगरी हराइरहँकाले दुबै मृगौला बिग्रिएकी छोरी युनाको उपचारको जिम्मेवारी आमा रीता बिश्वकर्माले उठाइरहनुभएको छ । आर्थिक अवस्था अत्यन्त नाजुक रहेकोमा परिवारको हातमुख जोड्न गिट्टी कुट्ने काम गर्दै आउनुभएकी उहाँको समाचार स्वदेश एफ.एम.बाट प्रकाशित र प्रसारित भएको थियो । समाचार सुनेसंगै युवा समाजसेवी अर्जुन भुसालले पीडित विश्वकर्माको ढिकुरबारीस्थित घरमै पुगी उपचार सहयोगका लागि अभियान चलाउने जनाउनुभएको थियो ।

दुबै मृगौला बिग्रिएकी युना हाल चार बषकी भइन । उनी दुई बर्षको हुँदादेखि जीउ सुन्निने समस्या देखापर्न थालेसंगै परिवारले उपचार सुरुवात गरेको थियो । उनको मृगौलाबाट पानी बगेर पेटमा जम्मा हुने र त्यसकारण हात खुट्टा र ज्यान सुन्निने तथा श्वास प्रश्वास गर्न गाह्रो समस्या रहेको छ । बिरामी बालिका युनालाई सघाउन चाहने सहयोगदाताहरुले जनता बैंक नेपाल लिमिटेडमा रीता बि.क.को नाउँमा रहेको खाता नं.०४८१०१०८४०६९८०१ मा सहयोग रकम जम्मा गर्न वा ९८६९७७६६९७ मा फोन सम्पर्क गर्न सक्नुहुन्छ ।

SwadeshPost