केबुल टेलिभिजन वितरणको लागि ओशोनिकको कन्ट्रोल रुम निर्माण सुरु

154
SwadeshPost

माडी उपत्यकामा केबुल टेलिभिजन वितरणको तयारी गरिरहेको ओशोनिक केबुल टि.भी.ले कन्ट्रोल रुम निर्माण सुरु गरेको छ । ओशोनिक केबुलले माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना गर्न लागेको हो ।

माडीको बघौंडामा मुख्यालय रहेको ओसोनिक केबुल टि.भी.ले माडी उपत्यकाभर केबुल टेलिभिजन वितरण गर्न लागेको र हाल त्यसको कन्ट्रोल सेन्टरको निर्माण तीब्र गतिमा अगाडि बढाइएको सो केबुल नेटवर्कका सञ्चालक निरोज चौधरीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । यस प्रणालीमार्फत एकैचोटी टेलिभिजनसंगै इन्टरनेट सेवा समेत प्रदान गरिने उहाँको भनाई छ । सुरुवातमा बसन्तपुर र बरुवा बजारमा फाइबर सञ्जालमार्फत केबुल टिभी प्रदान गरिने र यसलाई क्रमशः बिस्तार गरिँदै लगेर माडी उपत्यकाभर पु-याइने सो कम्पनीले जनाएको छ ।

SwadeshPost