गाउँलेहरु बिस्थापित भएसंगै प्याउली गाउँमा कुसुमखोलाबासीहरुको बसाँई

423
SwadeshPost

रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका कुसुमखोलाबासीहरु प्याउलीमा बसाई सर्न थालेका छन् ।

प्याउलीबासीहरु सुरक्षित बसोबासको प्रवन्ध गर्दै माडीको दिवानगर चौर लगायतका ठाउँमा बसाई सराई हुन थालेसंगै खाली हुन थालेको प्याउली गाउँमा कुसुमखोलाबासीहरु बसोबास गर्न आउन थालेका हुन् । रीउ नदीमा गत २०७४ साल श्रावण २७ र २८ गते आएको अविरल बाढीका कारण तात्कालीन प्याउलीबासीहरुले घरबास गुमाएसंगै त्यहाँबाट बिस्थापित हुँदा बस्ती सुनसानजस्तै रहेको थियो । माडीको मुलभूमिबाट कम्तीमा दुईघण्टाको पैदल यात्राबाट पुगिने कुसुमखोलाभन्दा आधा घण्टामै पुगिने प्याउली क्षेत्र बसोबासका लागि तुलनात्मक रुपमा सहज मानिएको हो ।

सुरक्षित बसोबासको प्रवन्ध हुनुपर्ने माग गर्दै कुसुमखोलाबासीहरुले आन्दोलनको तयारी समेत गरेका थिए । वडा नं. ९ कार्यालय र माडी नगरपालिकामा ज्ञापनपत्र समेत बुझाइसकेका कुसुमखोलाबासीहरु पहिलेभन्दा सहज जीवनयापन हुनेगरी प्याउली गाउँमा बसाई सराई गर्न पाउँदा खुसी देखिन्छन् । अब आफ्ना बाबुनानीहरुलाई स्कुल जान पहिलेको तुलनामा सहज हुने पनि उनीहरुको बुझाई छ । हाल प्याउली गाउँमा कुसुमखोलाबासीहरु नयाँ घर बनाउन व्यस्त देखिन्छन् । हालसम्म करीब २५ वटा नयाँ घरहरु बनिसकेको छ भने थप नयाँ घरहरु बन्ने क्रम जारी रहेको छ ।

SwadeshPost