बरुवास्थित किसान जागृति बीजवृद्धि समुहको अध्यक्षमा यज्ञप्रसाद तिवारी

394
SwadeshPost

माडीको बरुवास्थित किसान जागृति बीजवृद्धि समुहको अध्यक्षमा यज्ञप्रसाद तिवारी चयन हुनुभएको छ ।

समूहको आज शुक्रबार सम्पन्न दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा रेशमलाल आचार्य चयन हुनुभएको छ । त्यसैगरी सचिवमा बिन्दु महतो र सह-सचिवमा श्रीप्रसाद सुवेदी रहनुभएको छ भने सदस्यहरुमा कुस्माखर चापागाईं, गंगा सापकोटा, हिरा सापकोटा र बसन्त दवाडी चयन हुनुभएको छ । त्यसैगरी समूहको लेखा समिति संयोजकमा माडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष समेत रहनुभएका ईश्वरी प्रसाद ढकाल र सदस्यद्वयमा भूपतिराम रेग्मी तथा जानुका पाठक चयन हुनुभएको छ ।

समूहका संस्थापक अध्यक्ष देबेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल रहनुभएको थियो । कार्यक्रममा समूहको बार्षिक प्रगति प्रतिवेदन संस्थापक अध्यक्ष देवेन्द्र प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन लेखा संयोजक ईश्वरी प्रसाद ढकालले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी जारी आर्थिक बर्ष अन्तरगत श्रावणदेखि हालसम्मको आर्थिक विवरण समूहका व्यवस्थापक कृतिनाथ सापकोटाले सुनाउनुभएको थियो । अधिवेशन कार्यक्रम माडी नगरपालिका–१ बरुवास्थित समुहको आफ्नै भवनमा सम्पन्न भएको हो ।

SwadeshPost