माडीको जन्ती बस दुर्घटनाग्रस्त, ३ को अवस्था सिकिस्त, अन्य १० सामान्य घाइते

370
SwadeshPost

पूर्वी चितवनबाट माडीको चिरौली गाउँतर्फ जन्ती लिएर आउँदै गरेको ना.७ ख. २२८ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुब पोष्ट नजिकै दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएको र अन्य १० जना घाइते रहेको नेपाली सेनाको बटुक दल गण, कसरा व्यारेकले प्रारम्भीक जानकारी दिएको छ । चिन्ताजनक अवस्थामा रहेका ३ जना घाइतेहरुसंगै अन्य घाइतेहरुलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको हो । गाडी दुर्घटना भएलगत्तै चालक फरार रहेको जनाईको छ ।

SwadeshPost