दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा दुईवटा छोटो अवधीको तालिम सुरु

152
SwadeshPost

दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत आइतबार २ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् ।

आज पुर्वी माडीको राइटोलस्थित आधारभूत विद्यालयमा सिलाईकटाई र हरिनगरस्थित शिक्षालय भवनमा प्लम्बिङ तालिम सुरुवात भएको हो । राइटोलमा सञ्चालित सिलाईकटाई तालिममा माडी नगरपालिका वडा नं. ८ र ९ का करीब १६ जना महिलाहरु प्रशिक्षार्थी रहेका छन् । त्यसैगरी शिक्षालय भवनमा सञ्चालन सुरुवात भएको प्लम्विङ तालिममा माडीका ६ वटा वडाका करीब १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको शिक्षालय प्रमुख पुष्पराज पौडेलले जानकारी दिनुभयोे । राइटोलमा सञ्चालित तालिमको माडी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले उद्घाटन गर्नुभयो भने हरिनगरमा सञ्चालित तालिमलाई शिक्षालय प्रमुख पौडेलले उद्घाटन गर्नुभएको हो ।

यसअघि, बरुवास्थित रेडक्रस भवनको हलमा सिलाइकटाई तथा बरुवामै रहेको स्टार स्पोर्टस् क्लबको भवनमा इलेक्ट्रीसियन तालिम सञ्चालन सुरुवात भइसकेको छ । त्यसैगरी नयाँ रतनी गाउँस्थित सामुदायिक भवनमा पनि सिलाइकटाई प्रशिक्षण जारी छ भने शिक्षालय भवनमै एक समूहले डकर्मी र दुई समूहले व्युटिसियन तालिम लिइरहेका छन् । अब, थप एक समूहलाई डकर्मी तालिम र एउटा समूहलाई मन्टेश्वरी तथा दुई समूहलाई सिलाई कटाई तालिम सञ्चालन बाँकी रहेको शिक्षालयले जनाएको छ । तालिममा सहभागीहरुलाई राष्ट्रिय शीप परीक्षण समितिले परीक्षा परीक्षा लिई उत्तीर्णलाई तह एकको प्रमाणपत्र उपलब्ध गराउने शिक्षालय प्रमुख पौडेलले जनाउनुभयो ।

SwadeshPost