जन्तीबस दुर्घटनामा निधन हुनुभएका मिथुन महतोको अाज अन्त्येष्ठी

108
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र भएको जन्तीबस दुर्घटनामा निधन भएका माडी चिरौलीका मिथुन महतोको अन्त्येष्ठी गरिएको छ ।

परिवार सदस्य र आफन्तहरुको उपस्थितिमा देवघाटमा उहाँको अन्त्येष्ठी गरिएको परिवार श्रोतले जनाएको हो । ना.७ ख. २२८ नम्बरको जन्ती बस दुर्घटना हुँदा उहाँको कम्मरको भाग र त्यहाँका भित्री अंगहरुमा गम्भीर चोट लागेको थियो । तत्कालै भरतपुर अस्पताल पु-याई उहाँको उपचार सुरुवात गरिएको भएपनि दुर्घटना भएकै साँझ करीब ७ बजेतिर उहाँको निधन भएको थियो ।

यसैबिच, दुर्घटनापश्चात अस्पतालमा भर्ना गरिएका एकजना बाहेक अन्य सबै घाइतेहरुको डिस्चार्ज भएको छ । घाँटीमा चोट लागेकी चिरौलीकी पुजा महतोलाई भरतपुर अस्पतालको वार्डमा राखी उपचार भइरहेको हो । दुर्घटनापश्चात बस चालक सम्पर्क विहीन रहेपनि बसधनी भने अस्पतालमै पुगी घाइते परिवारसंग सम्पर्क तथा उपचार प्रक्रियामा सहभागी रहेको जनाइएको छ ।

SwadeshPost