समसामयिक राष्ट्रिय राजनैतिक परिस्थितिमा थारु समुदाय र थारु कल्याणकारिणी सभाको भूमिकाको बिषयमा आज माडीमा छलफल गरिएको छ ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
मुख्यतः कैलालीबाट निर्वाचित थारु नेता रेशम चौधरीलाई टिकापुर घटनाको योजनाकार भन्दै जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको सन्दर्भ तथा अन्य समसामयिक राजनैतिक परिस्थितिका बिषयमा छलफल गरिएको हो । माडीका थारु समुदायबिच मतैक्यताका लागि थारु कल्याणकारी सभा चितवनको आयोजनामा सभाको क्षेत्र नं. १, माडीको कार्यालयलमा छलफल गरिएको हो ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
जनजागरण कार्यक्रमको व्यानरमा गरिएको सो छलफलमा थारु कल्याणकारी सभाका माडीका अध्यक्ष भीम प्रसाद महतोको अध्यक्षता तथा केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा, थाकस केन्द्रीय पार्षद् हेमराज महतो, चितवन जिल्ला सभापति ललित कुमार चौधरी, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, सल्लाहकार खेम महतो, कृष्ण महतो र माडीका थारु अगुवाहरुको सहभागिता रहेको थियो ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)