गर्दी सामुदायिक पुस्तकालयको व्यवस्थापन समिति सिकाईमुलक भ्रमणमा

390
SwadeshPost

गर्दी सामुदायिक पुस्तकालयलाई प्रभावकारी सञ्चालनका लागि पुस्तकालय व्यवस्थापन समिति सिकाईमुलक भ्रमणमा रहेको छ ।

भ्रमण कार्यक्रम अन्तरगत पुस्तकालयको डि.आई.डि.आर.आर. कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि रिड नेपालको आयोजनामा गर्दी सामुदायिक पुस्तकालय, बरुवा र देउखुरी सामुदायिक पुस्तकालयका ब्यबस्थापन समिति, वडा प्रतिनिधि तथा पुस्तकालय कर्मचारीहरु संयुक्त भ्रमणमा रहेका हुन् । अवलोकन भ्रमणका क्रममा सो टोलीले जनजागरण सामुदायिक पुस्तकालय नुवाकोटमा अन्तरक्रियात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा सामुदायिक पुस्तकालयले खेल्नु पर्ने भुमिकाका बारेमा बोल्दै कार्यक्रमका सहभागी माडी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष ईश्वरी प्रसाद ढकालले सामुदायिक पुस्तकालयलाई बालबालिकाको पहुँचमा बिस्तार गर्न गर्दी सामुदायिक पुस्तकालयको बाल कक्षा संचालनको लागि कर्मचारीको ब्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

SwadeshPost