होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

513
SwadeshPost

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा तराई होलीको दिन बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । बसन्तपुर बजारको दिवाकर चोकमा स्टेज खडा गरी विभिन्न गीतसंगितमा रमाइला नृत्यहरु र गायनसंगै होली खेल्नेगरी होली विशेष कार्यक्रम सञ्चालन हुनेछ । स्टेज तथा साउण्ड सिस्टम पार्टनरको रुपमा प्रकास साउण्ड सर्भिस रहेको कार्यक्रममा स्वदेश एफ.एम.मा आबद्ध सञ्चारकर्मीहरु तथा माडी डान्स एकेडेमीका कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।

SwadeshPost